काठमाडौं ०२ अशोज । स्थानीय तहमा रिक्त जिल्ला समन्वय समिति प्रमुख, उपप्रमुख, गाउँपालिकाका अध्यक्ष, उपाध्यक्ष र वडा अध्यक्ष तथा नगरपालिकाका प्रमुख, उपप्रमुख र वडा अध्यक्षको पदमा पदपूर्तिका लागि संवत् आगामि मंसिर १६ गते आइतबारका दिन उपनिर्वाचन गर्ने गरी नेपाल सरकारबाट उपनिर्वाचनको मिति तोकिएको छ । उक्त उपनिर्वाचनलाई मध्यनजर गर्दै मतदाता नामावलीलाई अद्यावधिक प्रक्रियामा लगी अन्तिम मतदाता नामावली तयार गर्नका लागि आयोगबाट निर्णय भएको छ ।
मतदाता नामावली अद्यावधिक गर्ने सन्दर्भमा २०८१ साल भदौ ३१ सम्म देशभरबाट सङ्कलित तथा मसिंर १५ गतेसम्म १८ वर्ष उमेर पूरा हुने मतदाताको विवरणलाई अद्यावधिक प्रकृयामा लगिने छ । अद्यावधिक कार्यक्रम अन्तर्गत संकलित मतदाताको विवरण अशोज १८ गते आयोगको वेबसाईटमा प्रकाशन गरिनेछ । अशोज १८ गतेदेखि अशोज ३० गतेसम्म गतेसम्म मतदाताले नामावलीमा रहेको त्रुटि सच्याउन निवेदन दिने, कसैले झुट्टा विवरण दिई नामावलीमा नाम समावेश गरेको भए सोको विरोधमा उजुरी दिने समय छुट्याएको छ । कुनै मतदाताको नाम एकभन्दा बढी स्थानमा समावेश भएकोमा एक स्थानमा मात्र कायम गर्न निवेदन दिने, मृत्यु भएका वा नागरिकता त्याग गरेका मतदाताको नाम मतदाता नामावलीबाट हटाउनको लागि सूचना दिने लगायतका कार्यहरु गर्ने गरी कार्यक्रम निर्धारण गरिएको छ । सच्याउन निवेदन दिने लगायतका तोकिएका कार्यहरूमा अनलाइन प्रणाली समेतबाट निवेदन, सूचना, उजुरी दिन सकिनेछ ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार