गोकर्णेश्वर नगरपालिका जिल्ला स्तरिय स्वास्थ्य सेवा समिक्षामा प्रथम

काठमाडौं २६ कार्तिक । गोकर्णेश्वर नगरपालिका जिल्ला स्तरिय स्वास्थ्य सेवा समिक्षामा प्रथम बनेको छ । जनस्वास्थ्य कार्यालय काठमाडौंले स्वास्थ्य सेवा समिक्षा कार्यक्रममा गोकर्णेश्वर नगरपालिका प्रथम भएको घोषणा गरेको हो । नगरपालिकाले विहान ७ वजेदेखि वेलुकी ७ वजेसम्म विशेषज्ञद्धारा सेवा प्रवाह सुचारु गर्दै आइरहेको छ । नगरपालिका स्वास्थ्य क्षेत्रमा जिल्लाकै प्रथम बनेपछि नगर प्रमुख दिपक रिसालले अझ दत्तचित्त भएर काम गर्न हौषला र प्रेरणा मिलेको बताउनुभयो । उहाँले भन्नुभयो, नगरवासीको स्वास्थ्य क्षेत्रमा हामी सम्वेदनशील छौं, कामको मुल्यांकनले अझ धेरै परिणाममूखि काममा लागि पर्न प्रेरणा मिलेको छ । विगत देखि नै गोकर्णेश्वर नगरपालिका स्वास्थ्य क्षेत्रलाई व्यवस्थित र जनमुखी बनाउन नगर प्रमुख रिसाल लागि पर्नुभएको थियो । निशुल्क विमा, नगरपालिकाबाट दिने सहुलियत , नगर अस्पताल र नगरभित्र सञ्चालित अन्य अस्पतासगँ सहकार्य गरी नगरपालिकाले नगरवासीलाई सुलभ र गुणस्तरिय स्वास्थ्य सेवा उपलब्ध गराउदै आएको छ ।  

प्रतिक्रिया