एमालेबाट नेकपामा प्रवेश गरेका केन्द्रिय सदस्य सिताराम गुरुङ दुई महिना नपुग्दै पुनः एमालेमा प्रबेश

काठमाडौं २० माघ । नेपाल कम्युनिष्ट पार्टीका केन्द्रिय सदस्य सिताराम गुरुङ नेकपा एमालेमा प्रवेश गर्नुभएको छ । ओखलढुङ्गा जिल्लामा नेकपाबाट उमेदवार बन्नुभएका अम्विर बाबु गुरुङको कारण आफु एमालेमा फर्कीएको सिताराम गुरुङले जानकारी दिनुभयो । पहिला दुवै गुरुङ एमालेमा भएपनि पछिल्लो अवस्थामा सिताराम गुरुङले अम्विर बाबु गुरुङसँगको व्यवहारिक कठिनाइका कारण उहाँ रहेको पार्टीमा रहन नसक्ने बताउदै आउनुभएको थियो  । अम्विर बाबु एमालेमा हुदा नेकपामा प्रवेश गर्नुभएका सिताराम गुरुङले अम्विर बाबु नेकपाको उमेदवार बनेपछि उहाँलाई आफु सघाउन नसक्ने भन्दै पाटी छोडेको बताउदै उहाँले भन्नुभयो, अम्बिर बाबु गुरुङको कारण म नेकपामा गएको थिएँ, अहिले उहाँ नेकपाको उमेदवार बनेपछि म एमालेमा फर्केको हुँ । टिकट वितरणमा असन्तुष्टी जनाउदै अमिवर बाबु गुरुङले एमाले परित्याग गरि ओखलढुंगाबाट नेकपाको उमेदवार बन्नुभएको छ । 


प्रतिक्रिया