राष्ट्रपतिसँग प्रमुख निर्वाचन आयुक्तहरुको भेटघाट

कठमाडौं २२ भदौ । राष्ट्रपतिले  आवधिक निर्वाचन लोकतन्त्रको आधार भएकोले स्वच्छ, स्वतन्त्र र निष्पक्ष निर्वाचन हुन आवश्यक रहेको बताउनु भएको छ । उहाँले दक्षिण एसियाका निर्वाचन व्यवस्थापन निकायहरुको साझा मञ्च (FEMBoSA)मार्फत सदस्य राष्ट्रहरुका निर्वाचन गर्ने निकायहरुबीच आपसी सहयोग विस्तार हुँदै गएकोमा खुशी समेत ब्यक्त गर्नुभयो । दक्षिण एसियाका निर्वाचन व्यवस्थापन निकायहरुका प्रमुखहरुको भेटघाटमा उक्त कुरा बताउनुभएके हो । भेटघाटमा प्रमुख निर्वाचन आयुक्त श्री दिनेश कुमार थपलिया, नेपाल, प्रमुख निर्वाचन आयुक्त श्री दासो सोनाम तोग्बे, भुटान, निर्वाचन आयोगका अध्यक्ष श्री फुवाड थौफिक, माल्दिभ्स, निर्वाचन आयोगका अध्यक्ष श्री आर। एम्। ए। एल्। रथ्‍नायेके, श्रीलंका,  निर्वाचन आयोगका उपनिर्वाचन आयुक्त श्री नितेश व्यास, भारत  र उच्च अधिकारीहरुको सहभागिता रहेको थियो। उक्त अवसरमा नेपालका प्रमुख निर्वाचन आयुक्त माननीय दिनेश कुमार थपलियाले दक्षिण एसियाका निर्वाचन व्यवस्थापन निकायहरुको साझा मञ्च (FEMBoSA) को १२औं सम्मेलनमा छलफल भएका विषयहरुको बारेमा जानकारी गराउँदै यस सम्मेलनबाट नेपालले उक्त मञ्चको अध्यक्षता ग्रहण गरेको विषय जानकारी गराउनु भयो। यसैगरी भुटानका प्रमुख निर्वाचन आयुक्त, माल्दिभ्सका निर्वाचन आयोग अध्यक्ष, श्रीलंकाका निर्वाचन आयोग अध्यक्ष र भारतका निर्वाचन आयोगका उपनिर्वाचन आयुक्तले आ(आफ्नो मन्तव्य राख्दै यस सम्मेलन उपलब्धिमूलक भएको बताउनु भएको थियो।


प्रतिक्रिया