काठमाडौं । २०७४ सालको निर्वाचन सम्मुखमा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीको एक भाषण निक्कै चिर्चित बन्यो । जहाँ ओलीले केरुङ–काठमाडौं–पोखरा–बेनी र कुश्मा रेलको चर्चा गरेका थिए । उनले केही वर्षभित्रै केरुङ–काठमाडौ, काठमाडौं–पोखरा र बेनी रेल चल्ने जिकिर गरे । साथै उनले जनतासामु कुश्मामा रेल स्टेशन नै बनाउने झुठो आश्वसन दिएका थिए ।
ओलीको यो भाषणमाथि सामाजिक संजालमा अझै टिका टिप्पणी हुने गरेका छन्। एमालेले अहिले मध्यपहाडी लोकमार्ग अभियान चलाइरहेको छ ।अझ रहस्यको कुरा एमाले यही अभियानका क्रममा विहीबार साँझ पोखरा आइपुग्यो । बागलुङ हुँदै आएका ओलीले बिहीबार दिउँसो पर्वतको कार्यक्रमलाई सम्बोधन गरे ।
साँझ पोखरा आएका ओली मध्यपहाडी राजमार्ग हुँदै आएनन् । ओली हेमजाबाट मध्येपहाडी राजमार्ग छोडेर अर्कै बाटो पोखरा आए । र, सिधै मध्य लमजुङ पुगेर मध्यहाडी राजमार्गमा निस्किए । कारण हो पहाडी राजमार्ग अन्तर्गत कास्कीको एक क्षेत्रमा अझैसम्म सडकको ट्रयाक नै खोलिएको छैन । जबकी ओलीले नै यसअघि हामी झुटको खेती नगर्ने भन्दै पोखरा–बेनी–कुश्मा हुँदै रेल चलाउने आश्वसन दिएका थिए ।
उनले आश्वशन बाँढेको पनि ६ वर्ष नाघ्यो । उनी अहिले पार्टीको अभियानका क्रममा सोही क्षेत्रमा आइपुगेका छन् ।६ वर्ष अघि नै आफू प्रधानमन्त्री बन्न जनतालाई केही समयमा रेल आउँछ भने । तर सो क्षेत्रमा रेल त के मध्यपहाडी राजमार्गको ट्रयाकसमेत खोलिएको छैन । तरपनि अझै एमाले पहाडी राजमार्गको अवधारणकर्ता हामी नै हौँ भन्दै आत्मरति गरिरहेको छ।
एमालेको प्रतिबद्धता र कार्यगत सन्तुलन नमिल्ने गरेकोप्रति नागरिकहरुले नकारात्मक प्रतिक्रिया दिइनै रहेका छन् ।०७४ सालको निर्वाचनपछि एमाले अध्यक्ष केपी शर्मा ओलीले झण्डै ३ वर्ष सरकारको नेतृत्व गरे । तर ओलीले प्रतिबद्धता अनुसार कुनै कार्य नगरेको भन्दै जनस्तरबाट टिप्पणी हुने गरेको छ । ओलीले ट्रयाक नखोलिएको क्षेत्रलाई बाइपास मात्रै गरेनन् ।
यात्राका क्रममा पहाडी राजमार्गको विवादित क्षेत्र छलेर स्थानीयको चाहविपरित पोखराको सहर–सहरबाट रुपा गाउँपालिका हुँदै लमजुङ छिरे । २०७७ फागुनमा ओली नेतृत्वकै मन्त्रिपरिषद्ले कास्कीको भैंसे, ज्याम्दु, मेलबोट, पानीघाट, आँटीघर, अर्मलाकोट, कालीखोला पुल, अमला बिसौनी, लामाचौर, जौबारी हुँदै याम्दी पुलसम्मको बाटोको रेखांकन पारित गरेको थियो । तर ओलीले थाहै नदिई सम्पदा र बस्ती नै जोखिममा हुनेगरी सडक पासगरेको निर्णयप्रति स्थानीय आन्दोलित छन् ।
पहाडी राजमार्गकै विषयमा ओलीको ध्यानकाकर्षण गर्न स्थानीयले चाहेका थिए । यद्यपि ओलीले सो क्षेत्रका स्थानीयलाई छलेर अर्कै बाटो माडिए । ओली शुक्रबार याम्दीबाट लोकमार्ग नै छोडेर सिधै लमजुङमा पर्ने मध्यपहाडी राजमार्गमा निस्किएका हुन् ।
मध्यपहाडी राजमार्ग अभियानका क्रममा गण्डकी प्रदेशको विभिन्न जिल्लामा कार्यक्रम गरिरहेको अवस्थामा अध्यक्ष ओलीलाई आफ्नै बोलीले गिज्याइरहेको छ ।चुनावी मत हत्याउन रेल र स्टेशन सपना बाँडेका ओली लोकमार्गको अभियनमा जनतामाथि अझै छल गरिरहेका छन् ।
अपूरो बाचाप्रति जनतासामू माफि माग्नुपर्नेमा ओलीा उल्टै संकल्प यात्रा भन्दै लोभ, लालच देखाउनमा मस्त छन् । उनलाई गल्तिबोध छैन । जनतासँग अफ्ठ्यारो छैन । बरु आफ्नो गल्ति छेक्ने विभिन्न बहानामा सरकारलाई नै दोष थोपरी रहेका छन् । मैहुँपन अहंकार प्रदर्शन गरिरहेका छन् ।
मुलुकको उधोगति र ओली प्रवित्तिमा पनि केही न केही सम्बन्ध भएको चर्चा जनस्तरमा चल्ने गरेकै छ । यद्यपि ओली अरुलाई दोष देखाएर आफू अब्बल सावित हुन खोज्ने चरित्र त्याग्न सकिरहेका छैनन् ।अब जनताले पनि दल र दलका नेताहरुको प्रवित्तिलाई पहिचान गर्दै निर्वाचनमा विवेक पुर्याउन आवश्यक देखिन्छ । नत्र मुलुकको अविगत र आफ्नो भविष्यलाई अन्धकारमय बन्ने खतरा छ । देश बदल्न अब नागरिकले सोच र भोट बदल्न आवश्यक छ ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार