योगमाया महिला बिद्यालयमा अध्ययनरत न्यून आय भएका बिद्यार्थीको चाबहिलमा रहेको ओम समाज डेण्टल हस्पिटलमा निःशुल्क दाँतको उपचार हुने भएको छ।
योगमाया महिला बिद्यालयद्धारा आयोजित ७ दिने उद्दघोषण तथा क्षमता अभिवृद्धि तालिमको समापन कार्यक्रममा बोल्दै हस्पिटलका अध्यक्ष डा. सुबास घिमिरेले निःशुल्क उपचार गरिदिने बताउनुभएको हो । उहाँले शुल्क, न्यून शुल्क र निःशुल्क गरि उपचार गरिदिने बताउनु भएको थियो । उहाँले भन्नुभयो, “आर्थिक अवस्था कमजोर हुनेले योगमाया महिला बिद्यालयबाट लेखाएर आएमा दाँतको मात्रै निःशुल्क हैन अरु जुन सुकै स्वास्थ्य समस्याको पनि निःशुल्क उपचार गरिदिने छौं ।”
जोरपाटीमा रहेको योगमाया महिला बिद्यालयमा १५ बर्षभन्दा माथिका दिदिबहिनीलाई पढाउने काम गरिन्छ । यस बिद्यालयले बाल्यकालमा विविध कारणवस बिद्यालय जान नपाई, पढाईबाट बञ्चित दिदिबहिनीलाई अनौपचारिक शिक्षाको माध्यामबाट औपचारिक शिक्षामा जोड्ने काम गर्दछ ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार