आगामि उपनिर्वाचनका लागि निर्वाचन अधिकृतको कार्यालय स्थापना

 काठमाडौं ३० कार्तिक । कसिंर १६ गते हुने स्थानीय तह उपनिर्वाचनका लागि आयोगको उपनिर्वाचन कार्यतालिका बमोजिम मिति आज देशभर ३२ वटा मुख्य निर्वाचन अधिकृतको कार्यालय र ६ वटा निर्वाचन अधिकृतको कार्यालय गरी जम्मा ३८ वटा निर्वाचन अधिकृतका कार्यालयहरू उपनिर्वाचन हुने सम्बन्धित स्थानीय तह तथा वडाको केन्द्र रहेको स्थानमा स्थापना भएका छन् । कार्यालय स्थापना भएपश्चात मंसिर २ गतेदेखि ५ गतेसम्म सम्बन्धित मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतको कार्यालयमा निर्वाचन कार्यक्रम सञ्चालन हुनेछ । आयोगबाट स्वीकृत निर्वाचन कार्यक्रम बमोजिम मंसिर २ गते उम्मेदवारको मनोनयन दर्ता गर्ने कार्य प्रारम्भ भई मंसिर ५ गते उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने र उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गर्ने कार्यक्रम रहेको छ । यस्तै मंसिर १६ गते विहान ७ बजेदेखि अपराह्न ५ःबजेसम्म  मतदान कार्य सञ्चालन हुनेछ ।


प्रतिक्रिया