काठमाडौं ६ भदौ । महालक्ष्मी विकास बैंकले टाटा ब्रान्डका गाडी खरिदको लागि ९.९९ प्रतिशतमा कर्जा प्रदान गर्ने भएको छ । महालक्ष्मी बैंक र नेपालका लागि टाटा गाडीको डिलर जे.बी अटोमोटिभ कम्पनी प्रा.लि बीच समझदारी पत्रमा हस्ताक्षर गरी कर्जा प्रदान गर्ने निर्णय भएको हो ।
विद्युतीय गाडीको हकमा अधिकतम ५ वर्ष अवधी रहने गरी भ्याट बिल वा कोटेशन मुल्यको ८० प्रतिशत बराबरको कर्जा र विद्युतीय बाहेकको अन्य गाडीमा अधिकतम ८ वर्ष अवधी रहने गरी भ्याट बिल वा कोटेशन मुल्यको ५० प्रतिशत बराबरको कर्जा प्रदान गर्ने बैंकले प्रेस विज्ञप्ति मार्फत जानकारी गराएको छ ।
कर्जा लिन चाहने ग्राहकहरुले बैंकको आधिकारिक वेबसाइट, सामाजिक सञ्जालहरु, सम्पुर्ण शाखा कार्यालयहरु तथा पत्रपत्रिकामा रहेको क्युआर (QR) कोड स्क्यान गरेर समेत आवेदन दिन सक्नेछन् ।
महालक्ष्मी विकास बैंकका देशभर १०३ शाखा कार्यालयहरु र करिब ७ लाख ग्राहकहरु रहेका छन् ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार