मतगणना अपडेट वेबसाइटमा हेर्न सकिने

काठमाडौं १४ मंिसर । आगामी मंसिर १६ गते हुने स्थानीय तह उपनिर्वाचनको मतपरिणाम अपडेट वेबसाईटमा हेर्ने व्यवस्था मिलाइएको छ । तोकिएको मतदान केन्द्रम बिहान ७ः०० बजेदेखि बेलुका ५ः०० बजेसम्म मतदान गर्न सकिने छ । उक्त मतदान कार्य सम्पन्न भई सबै मतपेटिका तोकिएको मतगणना स्थलमा सङ्कलन भएपछि मतगणना कार्य प्रारम्भ हुनेछ । मतगणना परिणाम बारे निर्वाचनका सबै सरोकारवालाहरूको सहज पहुँच तथा जानकारीका लागि आयोगको वेबसाइबाट हेर्न सकिने गरी व्यवस्था मिलाइएको जानकारी निर्वाचन आयोगको प्रेस विज्ञप्तिमा उल्लेख छ । नगरपालिका प्रमुख १, उपप्रमुख १, गाउँपालिका अध्यक्ष २, उपाध्यक्ष ४ तथा वडा अध्यक्ष ३३ गरी जम्मा ४१ पदको मतगणनाको परिणाम समय–समयमा आयोगको वेबसाइटमा नै अपडेट रहने निर्वाचन आयोगले जनाएको छ ।  


प्रतिक्रिया