रूपन्देही जिल्ला, प्रतिनिधि सभा सदस्य निर्वाचन रद्द

काठमाडौं ३० भदौ । रूपन्देही जिल्ला, प्रतिनिधि सभा सदस्यको  निर्वाचन रद्द भएको छ । साथै उपनिर्वाचन सम्बन्धी बाँकी सम्पूर्ण कार्यक्रमहरू रद्द गरिएको निर्वाचन आयोगले जनाएको छ ।  प्रतिनिधि सभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ६८ बमोजिम मिति २०८२÷०७÷१७ गते सोमबारका दिन रूपन्देही जिल्ला, प्रतिनिधि सभा सदस्य निर्वाचन क्षेत्र नम्बर ३ मा उपनिर्वाचन गर्ने गरी आयोगबाट उपनिर्वाचनको मिति तोकिएको  थियो । राष्ट्रपति रामचन्द्र पौडेलबाट प्रतिनिधि सभाको विघटन गरी मिति २०८२÷११÷२१ गते बिहीबारका दिन नयाँ प्रतिनिधि सभाको निर्वाचन गर्ने गरी मिति तोकिएकोले रूपन्देही जिल्ला, प्रतिनिधि सभा सदस्य निर्वाचन क्षेत्र नम्बर ३ को उपनिर्वाचन सम्बन्धी बाँकी सम्पूर्ण कार्यक्रमहरू रद्द भएका हुन् ।  

प्रतिक्रिया