काठमाडौं ०१ मंिसर । अस्पतालमा आधारित एकद्धार संकट व्यवस्थापन केन्द्र ( OCMC ) प्रथम राष्ट्रिय सम्मेलन सम्पन्न भएको छ । ९२ वटा सरकारी अस्पतालहरुमा सञ्चालित एकद्धार संकट व्यवस्थापन केन्द्रका फोकल पर्सन र केन्द्र सञ्चालित अस्पतालका प्रमुखहरुको सहभागिता एकिकृत सेवा उपलब्ध गराउनका लागि सरोकार रहने नेपाल प्रहरी,महान्यायधिबक्ता कार्यालय,प्रदेश, स्थानिय तह, गाँउपालिका महासंघ, नगरपालिका महासंघ, विकास साझेदार संस्था, गैर सरकारी संस्था, नागरिक समाज, कानुन क्षेत्र, सञ्चार क्षेत्र लगायतको सहभागितामा आजसम्मका उपलब्धि र अव सुधार गर्नुपर्ने कार्यको समिक्षासहित प्रतिबद्धताका साथ सम्पन्न भएको छ । यस OCMC को मुख्य उद्धेश्य भनेको हिंसा पिडितहरुको लागि एकिकृत सेवा एकै ठाउँबाट उपलब्ध गराउनु हो । OCMC सेवा सञ्चालनमा आएको १३ बर्ष भएको छ । एकिकृत सेवा एकै ठाउँबाट दिइने भनिएपनि सेवा प्रभाव एकै ठाउँबाट दिन नसकिएको अवस्थामा अवका दिनमा यसलाई कसरी एकैठाउँबाट प्रभाह गर्ने भनि सम्वन्धित क्षेत्रका विज्ञसँग छलफल परामर्सका निम्ति पनि सम्मेलन आवश्यक रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका उपसचिव रोसनी कार्कीको भनाई रहेको छ । सम्बन्धित निकायसगं सहयोग, सहकार्य र समन्वय गर्दै एकिकृत सेवा सञ्चालन गरिरहेको अवस्था छ । यहि विषयलाई कसरी प्रभावकारी रुपले सेवा प्रदान गर्ने भनि सरोकार वाला निकायका विचमा हिसांमा परेका लाई एकै ठाउँबाट प्रभावकारी एकिकृत सेवा प्रदान गर्न तिनै तहका सरकार र सरोकार वाला निकायहरुले कस्तो कस्तो भूमिका प्रदान गर्ने भनि सम्मेलनमा विषय उठान भएको थियो । सम्मेलनमा सहभागिहरुले भएका राम्रा कामलाई निरन्तरता दिदै, चुकेका विषयअरुलाई सुधार्दै जानुपर्नेमा जोड दिनुभएको थियो । सरोकार निकायले क्षतिपुर्ति सहितको सामाजिक न्याय दिएर हिंसा पिडितलाई पारिवारिक मिलन गराउनमा जिम्मेवार भूमिका निर्वाह गर्नुपर्नेमा आवाज उठेको थियो । सहभागिहरुले OCMC के हो ? र किन आवश्यक छ ? भनि प्रचार प्रसार गर्नुपर्ने सवाल व्यक्त गर्नुभएको थियो ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार