एकद्धार संकट व्यबस्थापन केन्द्रको प्रथम रास्ट्रिय सम्मेलन हुने

काठमाडौं ०९ अशोज । नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नेतृत्वदायी भूमिकामा एकद्धार संकट व्यवस्थापन केन्द्रको रास्ट्रिय सम्मेलन आगामी अशोज १३ र १४ गते हुने भएको छ । २०६९ सालबाट सुरु भएको एकद्धार संकट व्यबस्थापन केन्द्र हाल ९२ वटा अस्पतालमा बिस्तार भएको छ । एकद्धार संकट व्यवस्थापन केन्द्रको रास्ट्रिय सम्मेलन यस ओसिएमसी कार्यक्रमको प्रभावकारीता, अध्ययन तथा स्थानिय तहसम्म जानकारी गराउने उद्धेश्यले गर्न लागेको आयोजकले जानकारी गराएको छ । यस केन्द्रको मूख्य उद्धेश्य एकैद्धारबाट एकिकृत सेवा लैगिंक हिंसामा परेका पीडित तथा प्रभावितहरुलाई निःशुल्क सेवा प्रदान गर्ने हो । एकिकृत सेवाभित्र शारीरिक उपचार, मनोसामाजिक परामर्श, चिकीत्सकिय कानुनी सहायता, सम्रक्षण, शिक्षा तथा सशक्तीकरण,जीविकोपार्जनमा सहयोग, क्षतीपुर्ति सहितको न्यायमा सहजता, पुर्नस्थापना, सामाजिकीकरण सहित घरायसी पुर्नमिलनसम्मका सेवाहरु पर्दछन् । १३ र १४ गते हुन लागेको सम्मेलनमा ९२ वटा एकद्धार संकट व्यवस्थापन केन्द्रका फोकल पर्सन, सवै सञ्चालित अस्पतालहरुका प्रमुख, सातै प्रदेशका स्वास्थ्य तथा सामाजिक विकास मन्त्रालयका सचिवहरु, मन्त्रालयका महिला वालवालिका तथा ज्येष्ठ नागरिक सम्वन्धी महाशाखा प्रमुखहरु ल्गायत विभिन्न संघ संस्थाका प्रतिनिधिहरुको सहभागिता रहने मन्त्रालयले जानकारी गराएको छ । 

प्रतिक्रिया