काठमाडौं २८ भदौ । हिमाल मल्टिमिडिया प्रा.लि. ले वैदेशिक शिक्षा, शैक्षिक परामर्श सम्बन्धी कार्यक्रम गर्ने भएको छ । आगामी अशोज ५ गते शनिवारका दिन विकराल बन्र्दै गएको बैदेशिक शिक्षामा केन्द्रित रहेर उक्त कार्यक्रम हुन लागेको हो । कक्षा १२ र स्नातक तहमा अध्ययनरत विद्यार्थीका माझमा यो कार्यक्रम हुन लागेको हो । कार्यक्रममा वैदेशिक शिक्षा अध्ययनमा देखा परेका समस्या, विदेश पुगेपछि भोग्नु परेका चुनौती, वैदेशिक शिक्षाका नाममा हुने ठगी लगायतमा विषयवस्तु कार्यक्रममा समेटिने छन् । कुनै पनि हालतमा मुलुक छाड्ने सपना बुनिरहेका विद्यार्थीको मनोविज्ञानको अन्तर्यप्रति नेपालमै रहन सक्ने आधार सहित र विदेश पढ्न जाने योजना भएकाहरुलाई आवश्यक पर्ने योजना र मनोविज्ञानका वियषमा समेत छलफल गरिने प्रेस विज्ञप्ति मार्फत जानकारी दिइएको छ ।
२८ भदौ २०८१, शुक्रबार ०७:०४ मा प्रकाशित
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार