काठमाडौं, ७ मंसिर ।
जिल्ला प्रशासन कार्यालय महोत्तरीका नायव सुब्बा अशोककुमार यादवलाई अख्तियारले नियन्त्रणमा लिएको छ । सेवाग्राहीसँग घुस लिएको आरोपमा आयोगका कार्यालय बर्दिबासबाट खटिएको टोलीले शुक्रबार यादवलाई नियन्त्रणमा लिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता नरहरि घिमिरेले जानकारी दिनुभयो ।
प्रवक्ता घिमिरेका अनुसार सवारी ज्यान कसुर मुद्धामा मृतकको नजिकको हकदार (पिडित पक्ष) ले पाउनु पर्ने किरिया खर्च तथा क्षतिपुर्ति वापतको रकम लिनको लागि जिल्ला प्रशासन कार्यालय, महोत्तरीमा जाँदा यादवले घुस मागेका थिए ।
यादवलाई सेवाग्राहीबाट रु. २० हजार घुसा लिएको अवस्थामा उक्त रकम सहित महोत्तरी जिल्ला जलेश्वर नगरपालिका वडा नं २ स्थितमा रहेको जिल्ला प्रशासन कार्यालय, महोत्तरीको कार्यालय परिसरबाट नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको प्रवक्ता घिमिरेले बताउनुभयो ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार