काठमाडौं १९ मसिंर । नेपालको लोकतान्त्रिक मूल्य मान्यता योगदान पुर्याएकोमा सांसद भगबती चौधरी सम्मानीत हुनुभएको छ । बेलायतको वर्ल्ड बुक अफ रेकर्डले पूर्वमन्त्री समेत रहनु भएकी सांसद चौधरीलाई बेलायतको हाउस अफ कमन्स, बेलायती संसद वेस्ट मिन्स्टरमा विशेष कार्यक्रमको आयोजना गरी सम्मान गरेको हो । ‘समाजको उन्नतिको लागि लोकतान्त्रिक मूल्य र राष्ट्रिय अखण्डताको प्रवर्द्धनमा अतूलनीय योगदानको लागि’ सांसद चौधरीलाई सम्मानीत गरिएको बताइएको छ । सांसद चौधरीलाई मंसिर १७ गते (२ डिसेम्बर) मा आयोजित कार्यक्रममा सम्ममानीत गरिएको हो । सम्मानीत भएपछि बोल्दै सांसद चौधरीले सामाजिक, आर्थिक क्षेत्र हुँदै राजनीतिमा आउँदा आफुले समाज रुपान्तरण र महिला उत्थानको उद्देश्यमा अग्रसर भएको बताउनु भयो । मुलुकको आर्थिक, सामाजिक, सांस्कृतिक, भौगोलिक विकास र प्रवद्र्धनमा आफु सदैव सक्रिय भएर अगाडी बढ्ने बताउँदै सांसद चौधरीले सम्मानीत हुन पाउँदा गौरवान्तिक भएको बताउनु भयो । २०७२ सालको संविधानले सबै खाले विभेदहरुको अन्त्य गरेको भएपनि समाजमा विभेदहरु रहेको जनाउँदै गरिबी, अशिक्षाका कारण सामाजिक, आर्थिक, राजनीतिक असमानता विद्यमान रहेको जिकीर गर्नुभयो । ‘नेपालको नयाँ संविधानले सबै खाले विभेद र असमानतालाई अन्त्य गरेको भएपनि कार्यान्वयनको पाटो कमजोर बन्दा समाजमा अशिक्षा र गरिबीका कारण विभेदहरु छन् । परम्परागत, सांस्कृतिक विभेदहरु छन् । महिलाहरु आर्थिक क्षेत्रमा पछाडी परेका छन् । ती सबै विभेदहरुको अन्त्यको लागि सबैले आआफ्नो स्थानबाट काम गर्नुपर्छ ।’ मन्त्री चौधरीले सम्मान गर्ने संस्था वर्ल्ड बुक अफ रेकर्डलाई धन्यवाद दिँदै आउँदा दिनहरुमा पनि राजनीति र समाजसेवा मार्फत समाजरुपान्तरण र आर्थिक सशक्तिकरणमा लागि रहने बताउनु भयो । महिला आर्थिक सशक्तिकरणकी अभियान्ता समेत रहनु भएकी सांसद चौधरीले २०६४ सालको संविधान सभामा विज्ञ सदस्यका रुपमा रहेर संविधान लेखनमा समेत योगदान पुर्याउनु भएको छ । ३० वर्षदेखि लगातार महिला आर्थिक सशक्तिकरण, समाजसेवा गर्दै आइरहनु भएकी चौधरी नेकपा एमालेको केन्द्रीय सदस्य हुनुहुन्छ ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार