यतै अल्मलीएँ “ वरिष्ठ गीतकार शुभ मुकारुङ को गीतीसंग्रह बिमोचन...

काठमाण्डौं, ६ माघ । वरिष्ठ गीतकार शुभ मुकारुङ्कको दोस्रो गीतीसंग्रह पुस्तक ‘यतै अल्मलिएँ’ भव्य सभ्यरुपमा सार्वजनिक भएको छ । गीतकार संघ नेपालको आयोजनामा उनको पुस्तक लोकार्पण भएको हो । कार्यक्रममा विशेष अतिथिहरु वरिष्ठ गीतकार पुर्वमन्त्री एस.पि.कोइराला,वरिष्ठ गीतकार गीतकार संघ पुर्व अध्यक्ष चुडामणिा देवकोटा,वरिष्ठ गीतकार अमर बान्तु,वरिष्ठ सास्कृतिक विद भक्त राई,माननीय हेमराज राई,वरिष्ठ गीतकार श्रवण मुकारुङ,वरिष्ठ गायक दिलेन्द्र मुकारुङ,वरिष्ठ गीतकार शितल कादम्बिनी, चर्चित कवि गीतकार चन्द्र रानाहोङछा,चर्चित गीतकार बिपिन किरण लगायत रहेका थिए । करिब साढे तीन दशकको साहित्यिक यात्राको क्रममा गीतकार संघ पुर्व अध्यक्ष समेत रहेका वरिष्ठ गीतकार मुकारुङले ल्याएको यो गीति संग्रह जीवनयापन, लोक सन्दर्भमा रहेको छ । आफ्नो सिर्जना बारे बोल्दै स्रष्टा मुकारुङले ‘यतै अल्मलिए भन्ने साहित्यिक सिर्जना क्षेत्रमै अल्मलिए भन्ने पनि हो।गीतको एउटा शीर्षक पनि हो । मैले मेरो सिर्जनाबारे आफैले यस्तो लेखे उस्तो लेखे भन्न मिल्दैन,  त्यो यहाँहरुले अनि दर्शक स्रोताले भन्नेकुरा हो । मैले जीवन यापन र लोक सन्दर्भमा लेखेको छु, सधै हौसला ,सुझाव दिनु भएकै छ धन्यवाद, यसपटक पनि हौसला ,सुझाबको साथसाथै सुझाब,कमिकमजोरी पनि पाउछु भन्ने आशा गर्दछु’भन्दै गीतकार संघ नवनिर्वाचित पदाधिकारीहरुको नाम लिदै धन्यवाद प्रदान गरे । कार्यक्रमको अध्यक्षता गीतकार संघ नेपाल अध्यक्ष वरिष्ठ गीतकार वसन्त बित्यासी थापाले गरेका थिए भने गीतकार संघ उपाध्यक्ष वरिष्ठ गीतकार रमेश कोइरालाले उद्घोषण ले गरेका थिए । कार्यक्रममा विभिन्न गीतकार,संगीतकार,सन्चारकर्मी लगायतको बाक्लो उपस्थिति रहेको थियो ।


प्रतिक्रिया