गरिमा विकास बैंक लिमिटेड सम्मानित

काठमाडौं १५ फागुन । गरिमा विकास बैंक लिमिटेड कर्पोरेट क्षेत्रमा प्रतिष्ठित The HRM Awards for Corporate Excellence 2024 बाट सम्मानित भएको छ । कर्पोरेट क्लब नेपालले वार्षिक रुपमा आयोजना गर्दै आएको यस अवार्ड समारोहमा यस वर्ष २२ वटा विभिन्न विधामा अवार्ड वितरण भएको छ । यस विकास बैंकलाई Corporate Excellence 2024 in Development Bank, Regional Bank and Finance Company विधामा उक्त अवार्डबाट सम्मानित गरिएको हो ।

एक कार्यक्रमका विच गृहमन्त्री रमेश लेखकले उक्त अवार्ड प्रदान गर्नुभएको थियो ।  उक्त अवार्डको जुरी मेम्बरमाजुरी चिफ प्रो. डा.फत्त बहादुर के.सी., फोनपे पेमेन्टका अध्यक्ष सशिन जोशी, नेपाल राष्ट्र बैंकका पूर्व डाइरेक्टर सरिता अधिकारी र पत्रकार दिल भुषण पाठक रहनुभएको थियो । यस उपाधिले आफ्ना ग्राहकहरुलाई निरन्तर सरल, सुरक्षित एवं गुणस्तरीय सेवा प्रदान गर्ने बैंकको लक्ष्यलाई थप टेवा पु¥याएको विश्वास गरिमा विकास बैंकको प्रेस विज्ञप्तिमा उल्लेख छ । साथै बैंकले आगामी दिनहरुमा थप गुणस्तरीय एवं ग्राहकमैत्री बैंकिङ सेवा प्रवाह गरी बैंकलाई थप सवल बनाउन उत्प्रेरित र उत्तरदायी बोध गराएको समेत उल्लेख गरेको छ ।


प्रतिक्रिया