काठमाडौं २३ कार्तिक । महालक्ष्मी विकास बैंक लिमिटेडले स्वास्थ्य, होटल तथा रेष्टुरेन्ट क्षेत्रका संस्थासँग समन्वय गरी आफ्ना ग्राहकहरुलाई विशेष छुटको व्यवस्था गरेको छ । सिदार्थ हस्पिटालिटी लगायतका विभिन्न संस्थाहरुसँग सम्झौता गरि यो छुटको व्यवस्था गरेको हो ।
सम्झौता पश्चात महालक्ष्मी विकास बैंकका डेविट कार्ड, क्रेडिट कार्ड तथा मोबाइल बैंकिङ्ग प्रयोग गर्ने ग्राहकहरुले उक्त संस्थाहरुका विभिन्न सेवाहरुमा विशेष छुट प्राप्त गर्न सक्नेछन् । उक्त संस्थाहरु र प्राप्त गर्न सकिने छुट यस प्रकार रहेको छ
१ सिदार्थ हस्पिटालिटी तिनकुने, काठमाण्डौं लगायतका सम्पुर्र्ण आउटलेटहरु आवास २० प्रतिशत छुट
खाना तथा पेय पदार्थ १० प्रतिशत छुट
२ बन्दीपुर माउण्टेन रिर्सोट बन्दीपुर, तनहुँ खाना तथा आवास ७ प्रतिशत छुट
३ स्माईल ३६० डेण्टल क्लिनिक सामाखुशी, काठमाण्डौं दन्त सेवा २० प्रतिशत छुट
४ बन्दीपुुर बजार घर बन्दीपुर, तनहुँ खाना तथा आवास ७ प्रतिशत छुट
५ लन्जेभिटि हेल्थ होम ललितपुर म.न.पा वडा न. ०३, टुटेपानी, ललितपुर अकुपंचर, पञ्चकर्म, प्याथोलोजी, डक्टर चेकअप लगायतका सेवाहरु २० प्रतिशत सम्म छुट
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार