गोकर्णेश्वर नगरपालिकाको भवन निर्माणका लागि मन्त्रीपरिषदले दियो स्वीकृत

काठमाडौं १९  मसिंर । गोकर्णेश्वर नगरपालिकाको प्रशासकीय भवन निर्माणका लागि मन्त्री परिषदबाट स्वीकृत प्राप्त भएको छ । मन्त्री परिषदको निर्णयबाट गोकर्णेश्वर नगरपालिकाको आफ्नै भवन बनाउन स्वीकृत प्राप्त भएको हो । गोकर्णेश्वर नगरपालिकाका मेयर दिपक रिसालले मन्त्रि परिषदको बैठकले नगरपालिकालाई प्रशासकीय भवन निर्माण गर्न सरकारी जग्गा उपयोग गर्न स्वीकृत दिएको बताउनुभयो । सानो बजार नामले चिनिएको खाली रहेको जोरपाटी चोक छेउको सरकारी जग्गामा भवन निर्माण गर्ने नगरपालिकाले जानकारी दिएको छ । हाल नगरपालिका जोरपाटी नजीकै छहारी क्लव छेउको भाडाको घरमा सञ्चालनमा छ । आफु मेयर भए लगत्तै सरकारी जग्गा उपयोगको स्वीकृतिका निम्ति पहल गर्दै आउनुभएका दिपक रिसालले मन्त्रि परिषदको निर्णय स्वागत योग्य भएको बताउदै खुशी ब्यक्त गर्नुभयो । उहाँले भन्नुभयो ,अब हामी भवन निर्माणको कार्यमा जुट्ने छौँ । ’


प्रतिक्रिया