काठमाडौं १५ मसिंर । मंसिर १६ गते (भोली हुने) स्थानीय तहको उपनिर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष, विश्वसनीय र भयरहित वातावरणमा सम्पन्न गर्न मतदान हुने दिन राजनीतिक दल, उम्मेदवार, दलको भातृ सङ्गठन वा सम्बन्धित व्यक्तिले निर्वाचन आचारसंहिता, २०७९ को दफा १८ बमोजिम निम्न बमोजिमको कार्य नगर्न र नगराउन निर्वाचन आयोगबाट निर्देशन गरिएको छ ।
१.मतदान केन्द्रमा राजनीतिक दल वा उम्मेदवारको प्रतिनिधिले निर्वाचन चिन्ह वा मत सङ्केत भएको पहिरन वा व्याज लगाउन नहुने ।
२.मतदान केन्द्रमा कुनै राजनीतिक दल वा उम्मेदवारको पहिचान देखिने एकै किसिमको साङ्केतिक पोशाक र चीजवस्तु लगाउन, बोक्न वा देखाउन नहुने ।
३.मतदाता तथा आयोगले अनुमति दिएका व्यक्ति वा अधिकारी बाहेक अन्य कुने पनि व्यक्ति मतदान केन्द्रमा प्रवेश गर्न नहुने ।
मतदानको दिन निर्वाचन आयोगका निम्न निर्देशन उलंघन गरेको पाईएमा पाइएमा मतदान केन्द्रमा खटिएका कर्मचारी तथा सुरक्षाकर्मीले तत्काल कारवाही गर्न निर्देशन समेत दिएको छ ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार