पर्यवेक्षण सम्बन्धि निर्णय

काठमाडौं २६ कार्तिक । आगामि मङ्सिर १६ गते आइतवारका दिन हुने स्थानीय तह उपनिर्वाचनमा उम्मेद्वारको लागि आयोगले मिति २०८१÷०७÷२६ गते सूचना प्रकाशन गरेको छ ।  स्थानीय तह उपनिर्वाचन निर्देशिका, २०८१ को अनुसूची–६३ बमोजिम स्थानीय तह उपनिर्वाचनको पर्यवेक्षण गर्न इच्छुक राष्ट्रिय संस्थाहरूलाई मिति २०८१÷०७÷२६ गतेदेखि मिति २०८१÷०७÷३० गतेसम्म ५ दिनको समय दिई निवेदन आव्हान गर्ने सम्बन्धी सूचना आयोगको वेबसाइटमा प्रकाशन गर्ने गरी आयोगबाट निर्णय भएको हो । जसअनुसार पर्यवेक्षणको स्वीकृति प्रदान गर्नुपूर्व सम्बन्धित व्यक्तिसँग आयोगको तर्फबाट सामान्य जानकारीमुलक अन्तरक्रिया गरी सम्बन्धित संस्थालाई स्पष्ट वडा वा पालिका तोकेर पर्यवेक्षणको स्वीकृति प्रदान गरिनेछ  । त्यसैगरी सम्बन्धित पर्यवेक्षण संस्थाबाट निर्वाचन सम्पन्न भएको एक महिनाभित्र अनिवार्य रूपमा प्रतिवेदन लिई सो उपर छलफल कार्यक्रम राख्ने गरी आयोगबाट निर्णय भएको छ  । 


प्रतिक्रिया