काठमाडौं २० पौष । गोकर्णेश्वर नगरपालिका वडा नम्वर १ मा रहेको गोकर्णेश्वर स्पोर्टस सिटी हलमा राष्ट्रपति रनिङ सिल्ड २०८१ खेलकुद प्रतियोगिता सम्पन्न भएको छ । आज भएको समापन कार्यक्रममा विजयी खेलाडीहरुलाई नगर प्रमुख दिपक रिसालले पुरस्कार वितरण गर्नुभयो ।
गोकर्णेश्वरको नयाँ पाटीमा निर्माण भएको कवर्ड हलले खेलप्रेमीहरुलाई आशा जगाएको मेयर दिपक रिसालको भनाई छ । ३२ रोपनी क्षेत्रफलमा फैलिएको यस कवर्ड हललाई नगरपालिकाको आन्तरिक श्रोतबाट निर्माण गरिएको मेयर रिसालले बताउनुभयो ।
खेलकुदको विकासका लागि निर्माण भएको यो कवर्ड हल ७ करोडको लगानीमा निर्माण भएको हो । २ बर्ष लगाएर सम्पन्न भएको युस कवर्डहलको क्षमता ५५० जनाको रहेको मेयर रिसालले जानकारी दिनुभयो ।
२१ पुस २०८१, आईतबार ०६:२३ मा प्रकाशित
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार