स्याङ्जा ५ भदौ । नेपाल सरकारका गृह सचिव एकनारायण अर्यालले उद्घघाटन गरेको इलाका प्रशासन कार्यालय जग्गादाताको असन्तुष्टी पछि विवादित वनेको छ । जग्गादाताले गृह सचिवले उद्घघाटन गरेको ताम्रपत्र मंगलवार इलाका प्रशासन कार्यालयमा पुगेर ज्ञापनपत्र वुझाउदै ढाकिदिएका छन् ।
वालिङ नगरपालिका वाड नं ९ मा निर्माण गरिएको भवनको उद्घघाटन आईतवार गरिएपनि भवनमा लेखिएको ताम्रपत्रमा उद्घघाटन मिति भने २०८१ असार २२ लेखिएको छ । पुरानो मितिको ताम्रपत्र १ महिना पछि आएर उद्घघाटन गर्दा गृह जिल्लामै गृह सचिव अर्याल विवादमा फसेका हुन ।
जग्गा दाता तथा स्थानीयहरुले ईलाका प्रशासन कार्यालयका प्रमुख शुभाष शर्मा पौडेललाई ज्ञापन पत्र बुझाउँदै ताम्रपत्र हटाउन र पुनः जग्गादाताहरुको सहभागितामा उद्घघाटन गर्न माग गरेका छन् ।
इलाका प्रशासन कार्यालयले भवन उद्घघाटन इलाका प्रशासन कार्यालयको कार्यक्रम नभई जिल्ला प्रशासन कार्यालयको कार्यक्रम रहेको वताएपछि इलाका प्रशासन कार्यालय वालिङका प्रमुख शुभाष शर्मा पौडेल संग जग्गादाता झनै आक्रोशित वनेका थिए । कार्यालयको जिम्मा लिएका प्रमुखले गैह्र जिम्मेवार तर्क गरेको भन्दै जग्गादाता र पौडेल विच भनाभन समेत भएको थियो । पछि वडा प्रहरी कार्यालयवाट प्रहरी नायव उपरिक्षक बसन्त पाठकले सहजीकरण गरेपछि जग्गादाताले ताम्रपत्र ढाकेर छाडेका छन् ।
ज्ञापनपत्र बुझाउँदै जग्गा दाता कपिलदेव शर्मा पंगेनीले भने,“हामीले करोडौं पर्ने जग्गा निशुल्क रुपमा दियौं तर हामीलाई बेवास्ता गरियो ।” भवन अनावरणमा आफूहरुलाई भित्र प्रवेश गर्न समेत रोक लगाएको उनको गुनासो छ । कपिल देवले भवनका लागि १ रोपनी ४ आना जग्गा निशुल्क दिएका थिए भने धु्रवराज पंगेनीले १ रोपनी, खड्ख कुमारी खाँणले ८ आना र विष्णु प्रसाद पंगेनीले ४ आना जग्गा निशुल्क प्रदान गरेका थिए । भवन झण्डै ४ रोपनी क्षेत्रफनमा निर्माण भएको थियो । असार २२ गते जिल्लामा अविरल वर्षाका कारण आएको वाढीले जनधनको क्षति पुगेका कारण प्रशासनको भवन उद्घाटन कार्यक्रम स्थगित गरिएको थियो ।
असार २२ मा स्थगित गरिएको कार्यक्रम गृह सचिव ज्यूको अनौपचारिक जिल्ला भ्रमणमा रहेका वेला हतार हतारमा भवनमा रहेको ताम्रपत्र अनावरण गरेको सहायक प्रमुख जिल्ला अधिकारी दिपक पौडेलले जानकारी दिए । यसलाई गलत तरिकाले नवुझ्न जग्गादाता र शुभेच्छुकलाई आग्रह समेत गरेका छन् ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार