काठमाडौं २३ कार्तिक । कागेश्वरी मनोहरा नगरपालिकामा निशुल्क आई टि तालिम सुरु गरिएको छ । युवाहरुलाई लक्षित गरि नगरभित्रै रोजगार सृजना गर्ने उद्देश्यले १० दिने निशुल्क तालिम सुरु गरिएको हो । जेनेस सोलुसन प्रालिको सहकार्यमा कागेश्वरी मनोहरा नगरपालिकाले निशुल्क आई टि तालिम प्रदान गरेको हो । तालिममा युवाहरुको उल्लेख्य सहभागिता रहेको छ । नगर प्रमुख उपेन्द्र कार्कीले यस तमलिमबाट युवाहरुमा डिजिटल सीप विकास, रोजगारीका नयाँ सम्भावना र व्यवसायिक दक्षता वृद्धि हुने बिश्वास व्यक्त गर्नुभयो ।
२४ कार्तिक २०८२, आईतबार ०५:२४ मा प्रकाशित
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार