ललितपुर, असोज १८ – कृषि रियालिटी गेम शो ‘रः रिभोल्युसनरी एग्रिकल्चर वार’ को भौति-RAWM Revolutionary Agriculture War_ अन्तरवार्ता चरण सम्पन्न भएको छ । ललितपुरको खोकनामा आयोजित यो कार्यक्रममा १०० जना किसान र कृषि प्राविधिक प्रतिस्पर्धीहरूलाई सहभागी गराइएको थियो । कार्यक्रममा किसानहरूको क्षमता अभिवृद्धि गर्ने उद्देश्यले विशेष प्रशिक्षण तथा अन्तरवार्ताको आयोजना गरिएको थियो । निर्णायक मण्डलमा डा. योगेन्द्र कुमार कार्की, राम शरण तिमल्सिना, र डा. नम्रता पाण्डे सहभागी थिए । सहभागीहरूलाई मुक्तिनाथ कृषि कम्पनी लिमिटेड, जियो कृषि, किंग्स कलेज, त्रिभुवन विश्वविद्यालय अन्तर्गत कृषि तथा पशु विज्ञान अध्ययन संस्थानका विज्ञहरूले प्रशिक्षण दिएका थिए । कार्यक्रममा नेपालका परम्परागत कृषि अभ्यासहरूमा आधारित रमाइला खेलहरूमा समेत प्रतिस्पर्धीहरूको सहभागिता गराइएको थियो । रिभोल्युसनरी एग्रिकल्चर वार’को पहिलो चरणमा १३९८ किसान र २४४ कृषि प्राविधिकले आवेदन दिएका थिए, जसबाट छानिएका १०० प्रतिस्पर्धीलाई अन्तरवार्तामा बोलाइएको हो । शोको निर्माण संस्था ई स्क्वायरले आगामी चरणहरूका लागि छानिने प्रतिस्पर्धीहरूको विवरण चाँडै सार्वजनिक गरिने जानकारी दिएको छ । शोको प्रसारण हिमालय टेलिभिजन तथा ओ.एस.आर. रियालिटी युट्युब च्यानलमा हुनेछ। विजय बस्याल कार्यकारी निर्माता रहेको यो शोका कार्यक्रमका होस्ट राजेश हमाल हुन् भने निर्णायक मण्डलमा कृषि विज्ञहरू डा. योगेन्द्र कुमार कार्की, डा. नम्रता पाण्डे, र राम शरण तिमल्सिना रहेका छन् । हरेक एपिसोडमा विशेष थिमेटिक जज वा मेण्टरको रूपमा कृषि उद्यमी एवम् विज्ञहरूको पनि सहभागिता हुने छ। कार्यक्रमले “समृद्धिका लागि नयाँ दृष्टि“ भन्ने थिमलाई पछ्याउँदै कृषि मार्फत नेपालको आर्थिक समृद्धिको मार्गप्रशस्त गर्ने लक्ष्य लिएको छ । यस शोको आयोजना ललितपुर महानगरपालिका वडा नं. २१ को सहकार्यमा गरिएको हो भने कृषि तथा पशुपन्छी विकास मन्त्रालयलगायत विभिन्न सरकारी र गैरसरकारी संस्थाहरूको सहयोग रहेको छ। मुख्य साझेदारहरूमा मुक्तिनाथ कृषि कम्पनी लिमिटेड, जियो कृषि, कृषि तथा वन विज्ञान विश्वविद्यालय, र किंग्स कलेज रहेका छन् ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार