काठमाडौं १३ भदौ । राष्ट्रिय महिला आयोगले नौमती बाजाको साथमा तीज कार्यक्रम सम्पन्न गरेको छ । लोक संस्कृतिलाई प्रर्वद्धन गर्ने उद्धेश्यले श्रमिक महिला सहकारी संस्थाका दिदिबहिनिहरुले बजाएको नौमती बाजाको धुनसगै तीज कार्यक्रम सम्पन्न भएको हो । आयोगका कर्मचारीहरुद्धारा कार्यक्रम अवधीभर नाँचगान र स्वागतमा कविता प्रस्तुत गरिएको थियो । विभिन्न संम्वैधानिक आयोगका माननिय र महिलाको क्षेत्रमा कार्यरत केहि संस्थाका पदाधिकारिका विचमा सम्पन्न उक्त कार्यक्रममा नाँचगानलाई बढि जोड दिईएको थियो । नृत्यमा सहभागी चारै समूहलाई आयोगले सम्मान समेत गरेको थियो । आयोगको सुरक्षा सेवामा कार्यरत मञ्जु कुवरको नेतृत्वमा अन्य कर्मचारीलाई अफिसटाइम पछि ५ दिनसम्म नाच्ने अभ्यास गरेको आयोगले बताएको थियो । सुरक्षा सेवामा कार्यरत मञ्जु कुवरको नृत्य उत्कृष्ट रहेको थियो । कार्यक्रममा बोल्दै आयोगका अध्यक्ष कमला कुमारी पराजुलीले दिदिबहिनिलाई आत्मनिर्भर बन्न जोड दिनुभएको थियो । उहाँले भन्नुभयो,“स्वआर्जन गर्न सकेमा आफुलाई मन परेको लगाउन र चाहेको कोशेली अरुलाई दिन सकिन्छ । “ त्यस्तै आयोगका सचिव पार्वती अर्यालले तीज पवलार्ई मौलिकता नमोडी आपसी सद्भाव, प्रेम र खुशीयालीका साथ मनाउनुपर्नेमा जोड दिनुभएको थियो । कार्यक्रममा श्रमिक महिला सहकारी संस्थाका दिदिबहिनिले बजाएको नौमती बाजाले माहोल तताएर सवैलाई नचाएको थियो ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार