साफ महिला च्याम्पियनसिपमा नेपालले भारतसँग जित्यो

काठमाडौं १२ कार्तिक । नेपालले सातौं दक्षिण एसियाली च्याम्पियनसिपको फाइनल स्थान सुरक्षित गरेको छ । नेपालले भारतलाई टाइब्रेकरमा ४-२ ले हराउदै आफ्नो स्थान सुरक्षित गरेको हो । अब नेपालले बुधबार बंगलादेशबिरुद्ध उपाधिका लागि प्रतिस्पर्धा गर्नेछ । नेपाल र बंगलादेश लगातार दोस्रो पटक उपाधिका लागि भिड्न लागेका हुन् । दशरथ रंगशालामा भएको गेममा ९० मिनेट सम्म नेपाल र भारत दुबैको १,१ बराबरी थियो तर फाइनल पुग्ने टुंगो टाइब्रेकरबाट भएको हो । टाइब्रेकरमा नेपालका लागि साबित्रा भण्डारी, गीता राना, सविता रानामगर, र अमिषा कार्कीले गोल गरेका थिए । भारतको तर्फबाट मनीसा र पुरुषोत्तम सिर्भोइकरले गोल गरेका थिए ।

प्रतिक्रिया