गरिमा विकास बैंक लिमिटेड The Best Bank in Assets Quality अवार्डबाट सम्मानित भएको छ । भारतीय चेम्बर अफ कमर्सद्धारा भारतको नयाँ दिल्लीमा आयोजित 2nd Emerging Asia Banking Conclave and Award कार्यक्रममा गरिमा विकास बैंक लिमिटेड उक्त अवार्डबाट सम्मानित भएको हो । कार्यक्रममा बिम्स्टेक (BIMSTEC) देशहरु नेपाल, भारत, बंगलादेश, श्रीलंका, भुटान र म्यानमारका बैंक तथा वित्तीय संस्थाहरुको सहभागिता रहेको थियो । उक्त अवार्ड कर्जा तथा अन्य लगानीको गुणस्तर उत्कृष्ट रहेका बैंक तथा वित्तीय संस्थाहरुले प्राप्त गर्ने गर्दछन् । गरिमा विकास बैंकले प्रवाह गर्ने कर्जा तथा अन्य लगानीको गुणस्तर उत्कृष्ट र सुरक्षित रहेको विकास बैंकले प्रेस विज्ञप्तिमा जनाएको छ ।
Driving Efficiencies Across the Value Chain विषयक Panel Discussion कार्यक्रममा विकास बैंकका प्रमुख कार्यकारी अधिकृत श्री माधव प्रसाद उपाध्याय Development Bankers Association, Nepal को समेत प्रतिनिधित्व गरी वक्ताको रुपमा सहभागी हुनुहुन्थ्यो । सो कार्यक्रममा वहाँले नेपालको बैंकिङ्ग परिदृष्य, बैंकिङ्गमा प्रविधिको प्रयोग र आगामी चूनौतीको सम्बन्धमा आफ्नो धारणा समेत प्रस्तुत गर्नुभएको थियो । उक्त Panel Discussion कार्यक्रममा गरिमा विकास बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत श्री माधव प्रसाद उपाध्यायसंगै बैंक अफ भुटानका प्रमुख कार्यकारी अधिकृत श्री दोर्जी कादिन, स्टेट बैंक अफ इन्डियाका चिफ जनरल म्यानेजर श्री राजिव रञ्जन प्रसाद र न्यूजेन सफ्टवेयर टेक्नोलोजी प्रा.लि.का उपाध्यक्ष तथा दक्षिण एशिया व्यवसाय प्रमुख श्री सुनिल पण्डित मुख्य वक्ताको रुपमा रहनुभएको थियो ।
गरिमा विकास बैंक लिमिटेडले काठमाण्डौं उपत्यकाभित्र २२ सहित देशभर १२३ शाखा कार्यालय, १ एक्सटेन्सन काउण्टर र ५० वटा ATM मार्फत ग्राहकहरुलार्ई सेवा प्रदान गर्दै आईरहेको छ ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार