निर्वाचन अधिकृत नियुक्त गरिएको

काठमाडौं २६ कार्तिक । निर्वाचन आयोगले आगामी मसिंर १६ गते हुने स्थानीय तह उपनिर्वाचनका निम्ति निर्वाचन अधिकृत नियुक्त गरेको छ । २०८१ का लागि स्थानीय तह निर्वाचन ऐन, २०७३ को दफा ७ बमोजिम देहायका ३२ जना माननीय जिल्ला न्यायाधीशहरुलाई  स्थानीय तहको मुख्य निर्वाचन अधिकृतको पदमा र ६ जना राजपत्राङ्कित कर्मचारीहरुलाई निर्वाचन अधिकृतको पदमा आयोगबाट मिति २०८१ ०७ २६ गतेदेखि लागु हुने गरी नियुक्ति गरिएको छ । निर्धारित कार्यतालिका अनुसार नियुक्त मुख्य निर्वाचन अधिकृत तथा निर्वाचन अधिकृतबाट मिति २०८१ ०७ ३० गते सम्बन्धित स्थानीय तहको केन्द्र तथा वडाको केन्द्र रहेको स्थानमा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरी निर्वाचन व्यवस्थापन सम्बन्धी कार्यसम्पादन हुनेछ । नियुक्त हुनुभएका मुख्य निर्वाचन अधिकृत तथा निर्वाचन अधिकृत र स्थानीय तह तथा वडाको विवरण निर्वाचन आयोगको वेवसाईटमा राखिएको छ । 

प्रतिक्रिया