काठमाडौ ७ मङ्सिर । नेकपा एमालेका महासचिव शङ्कर पोख्रेलले नेकपा एमाले रास्ट्र र रास्ट्रीयताको पक्षमा उभिएको कारण एमालेलाई चौतर्फी आक्रमण हुन थालेको बताउनुभएको छ । एमालेले काठमाडौमा आयोजना गरेको जागरण सभामा बोल्दै पोख्रेलले उक्त कुरा बताउनुभएको हो । एमालेसङ्ग जोडेर विभिन्न भ्रमित समाचार सार्बजनिक भएकोमा आक्रोश व्यक्त गर्दै नेता पोख्रेलले काङ्ग्रेस र एमाले मिलेर देशलाई निकास दिन लागेको बेला बिरोधिहरु सलबलाएर भ्रमको खेतिमा लागेको बताउनुभयो । उहाँले बजारमा आएका अनावश्यक हल्ला एमाले बिरोधी भएको बताउदै प्रमाणित गर्न चुनौती दिनुभएको छ ।
७ मङ्सिर २०८१, शुक्रबार ०३:०९ मा प्रकाशित
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार