नेपाल मेडकिल कलेजमा सप्ताहव्यापी बिश्व स्तनपान कार्यक्रम सुरु

काठमाडौं २१ साउन । बिश्व स्तनपान सप्ताहको अवसर पारेर नेपाल मेडकिल कलेज एनएमसी ले स्तनपान सप्ताह सुरु गरेको छ । एक हप्तासम्म नेपाल मेडकिल कलेजले स्तनपान सम्बन्धी सचेतना कार्यक्रम गर्न लागेको हो । शिशु जन्मेको ६ महनिासम्म स्तनपान मात्र गराउनु पर्ने र बच्चा दुई वर्षको हुन्जेलसम्म स्तनपान गराईरहनु पर्ने  चिकित्सकको भनाई छ । 

कलेजका प्रबन्ध निर्देशक  प्रा डा जैनुद्दिन अन्सारीले  आमा र बच्चा दुवैको लाग स्तनपान जरुरी रहेकोले आम सर्वसाधारणलाई सचेत गराउन कार्यक्रम गरएिको जानकारी दिनुभयो । बिश्व स्तनपान सप्ताहको उद्घाटनमा प्रा डाअन्सारीसँगै कलेजका हस्पटिल डाइरेक्टर प्रा डा मोदनाथ मरहठ्ठा, स्त्री तथा प्रशुतिरोग  बिभागका प्रमुख डा रतिा मरहठ्ठा, बालरोग बिभागका प्रमुख डा सवनिा श्रेष्ठ, मेट्रोन नवनिा सिंह , लगायत वभिागीय प्रमुख, नर्स तथा विद्यार्थीहरुको सहभागीता रहेको थियो ।

सप्ताहब्यापी कार्यक्रममा नवजात शिशुलाई पनि आमाको दुधमात्र खुवाउनु पर्छ र स्तनपानले आमा  स्वास्थ्यमा कस्तो फाइदा गर्दछ नियमित स्तननपान नगराउँदाका वेफाइदाहरु केके हुन् ? लगायतका जानकारी दिइने बताईएको छ ।

कलेजले बिश्व  स्वास्थ्य संगठनले नर्धिारण गरेका वभिन्नि स्वास्थ्य दिवस् र अवसरहरुमा नियमित रुपमा सचेतनाका कार्यक्रम गर्दै आइरहेको छ । वीरगन्जका प्रख्यात सर्जन प्रा डा जैनुद्दिन अन्सारीले कलेजको बागडोर सम्हालेसगैं कलेजको स्वास्थ्य सेवा र व्यवस्थापन प्रभावकारी रुपमा सुधारएिको अस्पताल श्रोतले बताएको छ ।


प्रतिक्रिया