१८ पौष । १२ औं राष्ट्रिय पोशाक दिवस तथा अन्तर्राष्ट्रिय टोपी दिवस २०८१ को अवसरमा सञ्चारकर्मी नवराज बजगाई अभिनन्दित हुनुभएको छ । बुधबार पाटन दरबार क्षेत्र ललितपुरमा राष्ट्रिय धरोहर संरक्षण प्रतिष्ठान नेपालले आयोजना गरेको अग्रज श्रष्टा सम्मान तथा अभिनन्दन समारोहमा बजगाईलाई राष्ट्रिय धरोहर अग्रज पत्रकार सम्मान–२०८१ द्धारा अभिनन्दित हुनुभएको हो ।
संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री माननिय बद्री पाण्डे र प्रतिष्ठानका संस्थापक अध्यक्ष राजानन्द माण्डव्यद्वारा हस्ताक्षरित अभिनन्दन–पत्रलाई राष्ट्रिय मदेश आयोग अध्यक्ष प्रा.डा. बिजय कुमार दत्त, दलित आयोग अध्यक्ष प्रा. डा.देवराज विश्वकर्मा, पत्रकार महासंघका अध्यक्ष निर्मला शर्मालगायतले प्रदान गरेका हुन । विगत दुई दशकदेखि पत्रकारिता क्षेत्रमा सक्रिय बजगाईलाई राष्ट्रको श्रीवृद्धि तथा राष्ट्रको शिर उच्च राख्न अनवरत गरेको सत्कर्मको उच्च सम्मान र पत्रकारिताको माध्यमबाट समाज परिवर्तनमा योगदान पु¥याएबापत अभिनन्दन गरिएको राष्ट्रिय धरोहर संरक्षण प्रतिष्ठान नेपालका संस्थापक अध्यक्ष राजानन्द माण्डव्यले बताउनुभयो ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार