महालक्ष्मी विकास बैंक र डोल्मा कन्सल्टेन्सी लि.बीच असुली प्रणाली सुदृढ बनाउन सम्झौता

काठमाडौं २० माघ । महालक्ष्मी विकास बैंक र डोल्मा कन्सल्टेन्सबीच कर्जा असुली परामर्शदाताको रुपमा कार्य गर्ने  तथा कर्जा असुली कार्यमा सहजीकरण गर्ने गरी सम्झौता भएको छ । बैंक र डोल्मा कन्सल्टेन्सी लि. बीच भएको सम्झौतामा बैंकले ऋण असुली सम्बन्धी कानुनी परामर्श, तालिम र ऋण असुलीको लागि प्रयोग गरिने अन्तराष्ट्रिय स्तरको सफ्टवेयरको प्रयोग गर्न सक्नेछ भनिएको । डोल्मा कन्सल्टेन्सीले विभिन्न राष्ट्रिय तथा अन्तराष्ट्रिय बैंकहरुसंग बैङ्गिग सवलीकरणका लागी सहकार्य गर्दै आएको छ । स्वदेशी तथा विदेशी विज्ञहरुद्धारा सञ्चालित डोल्मा कन्सल्टेन्सीसँगको सहकार्यले खराब कर्जा असुली प्रणाली सुदृढ बनाउन तथा खराब कर्जा ब्यवस्थापन गर्न बैंकलाई र कर्जा ग्राहकलाई थप सहज हुने विश्वास बैंक्ले लिईएको छ ।                       

प्रतिक्रिया