अस्पतालबाट थुनुवा भागे

इलाका प्रहरी कार्यालय अनारमनीका थुनुवा हतकडी फ्याकेर अस्पतालबाट फरार भएका छन् । उनि दमक बेलडाँगी शरणार्थी शिविरका २५ वर्षे भुटानी शरणार्थी भएको प्रहरीले जनाएको छ । उनि लागु औषध मुद्धामा अस्ति भदौ २ गते १ ग्राम ४४ मिलिग्राम ब्राउनसुगरसहित पक्राउ परेका थिए । अदालतबाट ५ दिन म्याद थपेर उनिमाथि अनुसन्धान भइरहेको थियो । उनिले अत्याधिक पेट दुखेको बताएपछि बिर्तामोडको बिर्तासिटी अस्पतालमा उपचारका लागि भर्ना गरिएको थियो । राईको सुरक्षामा प्रहरी हवल्दार बमबहादुर राई खटिएका थिए । सुरक्षाकर्मीलाई छलेर हतकडी फ्याकेर थुनुवा राई फरार भएका हुन् । इलाका प्रहरी कार्यालय अनारमनीका  प्रहरी नायव उपरीक्षक प्रकाश विष्टको नेतृत्वको टोलीले फरार राईको खोजी गरिरहेको छ ।

प्रतिक्रिया