चलचित्र ‘हेल्लो काँशीराम’को टिजर सार्वजनिक

काठमाडौं बैशाख २ । आगामी जेठ २ गते प्रदर्शनमा आउने चलचित्र ‘हेल्लो काँशीराम’ टिमले चलचित्रको टिजर सार्वजनिक गरेको छ । बुढासुव्वा डिजिटलको अफिसियल युट्युब च्यानलमार्फत सार्वजनिक यस टिजर २ मिनेट ४ सेकेण्डको छ ।

नयाँ बर्ष २०८२ को अवसर पारेर सार्वजनिक टिजर देशको व्यथितीमाथि तिखो व्यङ्ग्य गरेर तयार पारिएको छ । टिजर हेरिसकेपछि  यस चलचत्रिमा नेपालको राजनीतिमा बाहिरी मुलुकहरूको हस्तक्षेपलाई नजानिँदो तरिकाले व्यङ्ग्य गरिएको बुझिन्छ । टिजर हेर्नेहरुलाई नेपालमा शासन गर्ने नेताहरूले बाह्य हस्तक्षेपकर्तालाई देउता मानेर पूजा गर्ने प्रवृत्तिमाथि यस चलचित्रले राम्रैसँग कटाक्ष गरेको अड्कल काट्न खासै गाह्रो पर्दैन । 

कमेडी चलचित्र हेर्न मन पराउनेलाई यस चलचित्र निकै मिठो खुराक बन्न सक्ने देखिन्छ । टिजरमा दिलिप रायमाझीलाई एकजना पीडित बेरोजगार युवाको रूपमा प्रस्तुत गरिएको छ, जसले बेरोजगार युवाहरूको प्रतिनिधित्व गरेका छन् ।

रेडलाइन फिल्मस् प्रा.ली को ब्यानरमा निर्माण भएको यस चलचित्रको लेखन तथा निर्देशन रिम विश्वकर्माले गरेका हुन् । चलचित्रलाई पि. वि. थापाले लगानी गरेका हुन् ।

प्रतिक्रिया