गरिमा विकास बैंकद्धारा रोड रेस प्रतियागिता

काठमाडौं २६ कार्तिक । गरिमा विकास बैंक लिमिटेडले रोड रेस प्रतियोगिता गर्ने भएको छ । बैंकको १९औं वार्षिकोत्सवको अवसरमा “स्वास्थ्यका लागि खेलकुद” भन्ने नाराका साथ आगामि मंसिर ६ गते गरिमा रोड रेसको दोस्रो संस्करण गरिमा रोड रेस, २०८२ आयोजना गर्न लागेको हो । यस रोड रेस प्रतियोगिता खुला (महिला तथा पुरुष) तर्फ १० किलोमिटर, कर्पोरेट (महिला तथा पुरुष) तर्फ ५ किलोमिटर र भेट्रान (महिला तथा पुरुष) तर्फ समेत ५ किलोमिटरको हुनेछ । करिब १,००० जना प्रतियोगी सहभागी हुने अपेक्षा रहेको गरिमा रोड रेस, २०८२ मा सहभागी प्रतियोगीहरुमध्ये खुलातर्फको दुवै समूहको विजेताले जनही रु.५०,००० र कर्पोरेट र भेट्रान तर्फ जनही रु.३०,००० नगद पुरस्कार प्राप्त गर्नेछन । साथै, खुला तर्फ दोस्रो स्थान हासिल गर्नेले रु.३५,०००, तृतीय स्थान हासिल गर्नेले रु.२०,०००, चौथो स्थान हासिल गर्नेले रु.१५,००० र पाँचौ स्थान हासिल गर्नेले रु.१०,००० नगद पुरस्कार प्राप्त गर्नेछन् । त्यसैगरी, कर्पोरेट र भेट्रान तर्फ दोस्रो स्थान हासिल गर्नेले जनही रु २०,०००, तृतीय हुनेले रु १४,०००, चौथो हुनेले रु १०,००० र पाँचौ हुनेले रु.७,००० नगद पुरस्कार प्राप्त गर्नेछन् । 

बालुवाटार, काठमाण्डौ स्थित विकास बैंकको प्रस्तावित केन्द्रीय कार्यालय भवन परिसरबाट शुरु हुने रोड रेस प्रतियोगिताको खुला तर्फको प्रतिस्पर्धा बुढानिलकण्ठ नगरपालिका वडा नं. ३ को कार्यालय भवन पुगेर पूनः सोही बाटो हुँदै बालुवाटार पुगेपश्चात समापन हुनेछ । त्यसैगरी कर्पोरेट र भेट्रान तर्फको प्रतिस्पर्धा सोही स्थानबाट शुरु भई बाँसबारी स्थित न्युरो अस्पताल पुगेर पूनः सोही बाटो बालुवाटार पुगे पश्चात समापन हुनेछ । 

प्रतिक्रिया