काठमाडौं, २३ साउन । नागरिक विद्रोहका कारण बंगलादेशका प्रधानमन्त्री शेख हसिनाले देशै छोड्न बाध्य बनेकी छन् । कोटा सिस्टमको खारेजीको माग राख्दै विद्यार्थीले गरेको आन्दोलनलाई हसिनाले दमन गराउन खेज्दा अन्ततः उनले देशै छोड्नु परेको हो । राष्ट्रपति मोहम्द शाहबुद्दिनले संसद भंग गरेका छन् । नयाँ सरकार बन्न सकेको छैन । विद्यार्थीको आन्दोलनकै कारण संसद विघटन हुन पुगेको हो । भरखरै मात्रै शेख हसिनाको नेतृत्वको अवामी लिगले बहुमत पाएको थियो बहुमतकै आधारमा हसिनाले विपक्षीमाथि दमन गर्दै आएकी थिईन् । आन्दोलक चर्किदै गएपछि हशिनाले देश छोडेर बाहिरिएकी हुन् । उक्त आन्दोलनमा १००० भन्दा माथि विद्यार्थीले ज्यान गुमाएका छन् । राष्ट्रपतिको आदेश अनुसार नेसनलिस्ट पार्टीका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री जिया आज रिहा भएकी छिन् । उनि भ्रष्टचारको अभियोगमा पक्राउ परेर घरमै नजरबन्दमा थिईन् । हसिनाको शासनकालमा सन २०१८ मा भ्रष्टचारको आरोपमा १७ वर्षको जेल सजाय सुनाईएको थियो । हाल सैनिक अधिकारीहरुको जिम्मेवारी समेत हेरफेर गरिएको छ । अहिले बंगलादेशको सरकार गठनमा अन्योल छाएको छ ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार