जनकपुरधाम १६ फागुन । नेपाल–भारत खुला सीमा संवाद समूह र क्लोथ बैंक नेपालको संयुक्त आयोजनामा मिथिला मध्यमा परिक्रमाअन्तर्गत श्रद्धालु भक्तजन, साधु–सन्त तथा सम्पूर्ण यात्रुहरूको स्वास्थ्य र सुविधालाई ध्यानमा हेल्पडेस्क सञ्चालन गरिएको छ । १५ दिने परिक्रमामा बिहीबारदेखि हेल्पडेस्क सञ्चालन गरिएको हो । हेल्प डेस्क नेपाल तर्फ पर्ने ११ स्थानमा संचालन गर्ने क्लोथ बैंकको कार्यालय सचिव कृष्ण कुमार साहले बताए । बिहीबारको कार्यक्रम हेल्प डेस्कका सहसंयोजक रुबी झाको संयोजकत्वमा सम्पन्न भएको थियो । कार्यक्रममा संस्थाका कार्यालय सचिव कृष्ण कुमार साह, क्लोथ बैंक नेपालका सचिव मनिष श्रीओम, बाल अभियानी आदित्य झा, तथा धनेश्वर ठाकुरको विशेष उपस्थिति रहेको थियो । सिअहेब दिलीप मिश्रसहित अन्य सदस्यहरूले यात्रुहरूलाई स्वागत गर्दै स्वास्थ्य जाँच तथा आवश्यक सामग्रीहरू वितरण गरेका थिए ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार