स्थानीय तह उपनिर्वाचन कार्यातालिका स्वीकृत

 काठमाडौं ०२ अशोज । आगामि मंसिर १६ गते आइतबारका दिन हुने स्थानीय तह उपनिर्वाचनलाई व्यवस्थित रुपले संचालन गर्न आयोग र अन्तर्गतका कार्यालयहरुले सम्पादन गर्ने कार्यहरुलाई समयवद्ध रुपमा समावेश गरी आयोगबाट कार्यतालिका स्वीकृत भएको छ । कार्यतालिका बमोजिम निर्वाचन प्रयोजनका लागि राजनीतिक दलको दर्ताको सूचना २०८१ साल अशोज ०९ मा प्रकाशन गरी १० देखि १६ सम्म निर्वाचन प्रयोजनका लागि राजनीतिक दल दर्ता गर्ने, अशोज २० मा दल दर्ता स्वीकृत गर्ने, निर्वाचन सम्बन्धि निर्देशिका, कार्यविधी, मापदण्ड तथा आचारसंहिता तयारी गर्ने, निर्वाचन सामाग्री, जनशक्ति व्यवस्थापन, मतदाता शिक्षा, तालिम तथा क्षमता विकास लगायतका कार्यक्रम संचालन गर्ने, कार्तिक २६ मा मतदाताको अन्तिम नामावली  प्रकाशन गर्ने तथा मतदान स्थल निर्धारण गर्ने, मसिंर ३० मा निर्वाचन अधिकृतको कार्यालय स्थापना गर्ने,मसिंर ०२ देखी निर्वाचन कार्यक्रम संचालन गर्दै मसिंर १६ मा मतदान गर्ने लगायतका ६२ वटा क्रियाकलाप सहित निर्वाचन कार्यतालिका स्वीकृत भई सार्वजनिक भएको छ । 

प्रतिक्रिया