काठमाडौं ३१ भदौ वि.सं. २०७९ सालमा सम्पन्न भएको स्थानीय तहको निर्वाचन पश्चात् देशभरबाट विभिन्न कारणले स्थानीय तहमा रिक्त जिल्ला समन्वय समितिका प्रमुख २, गाउँपालिका अध्यक्ष २, उपाध्यक्ष ३ र वडा अध्यक्ष ९ तथा नगरपालिका प्रमुख १, उपप्रमुख १ र वडा अध्यक्ष २१ गरी देहायका जम्मा ३९ रिक्त पदमा संवत् २०८१ मंसिर १६ गते आइतबार उपनिर्वाचन सम्पन्न गर्नेगरी मिति तोक्न आज आयोगबाट नेपाल सरकारलाई परामर्श दिइएको छ । नेपालको संविधान तथा स्थानीय तह निर्वाचन ऐन, २०७३ बमोजिम जिल्ला समन्वय समितिका प्रमुख, उपप्रमुख तथा गाउँपालिकाका अध्यक्ष, उपाध्यक्ष, वडा अध्यक्ष र नगरपालिकाका प्रमुख, उपप्रमुख, वडा अध्यक्षको पदावधि समाप्त नहुँदै निजको पद कुनै कारणले रिक्त भएमा र एक वर्षभन्दा बढी पदावधि बाँकी रहेको अवस्थामा बाँकीअवधिका लागि रिक्त पदको पूर्ति उपनिर्वाचन हुने प्राब्धान छ ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार