काठमाडौं १५ अशोज । यहीँ आश्विन ११ गते देखी परेको अविरल वर्षा सँगै ललितपुर महानगरपालिका वडा न. १३, नख्खुखोलामा आश्विन १२ गते आएको बाढीले बगाएका २ व्यक्तिहरुको सकुशल उद्धार गर्न सफल काभ्रे जिल्ला तेमाल गाँउपालिका वडा न. ९ घर भएका ३३ वर्षीय चणिकलाल तामाङलाई महालक्ष्मी विकास बैंकले सम्मान गरको छ ।
महालक्ष्मी विकास बैकंले ३३ बर्षीय चणिकलाल तामाङलाइ सम्मान गरेको छ । आश्विन ११ गते देखी परेको अविरल वर्षाले ललितपुर महानगरपालिका वडा न. १३, नख्खुखोलामा आएको बाढीले बगाएका २ व्यक्तिहरुको सकुशल उद्धार गर्न सफल भएकोले तामाङलाइ बैंकले सम्मान गरेको हो । काभ्रे जिल्ला तेमाल गाँउपालिका वडा न. ९ घर भएका ३३ बर्षीय चणिकलाल रङ लगाउने काम गर्छन् ।
बैंकले एक कार्यक्रमका बीच चणिकलाल तामाङले जोखिमका बीच देखाउनुभएको अदम्य साहस र उहाँको अठोट र तत्परताले राजु शाह र उनको परिवारको सदस्यको सफल उद्धार गर्न सकिएको निष्कर्षका साथ तामङ्गलाई रु. १ लाख नगद सहित सम्मान गरेको हो । यस्ता कार्यले विपतको समयमा नागरिक स्तरबाट सुरक्षित रुपमा उद्घार कार्यमा सहभागिता जनाउन समेत हौसला मिल्ने विश्वास बैंकले लिएको छ ।
१५ असोज २०८१, मङ्गलबार ११:२७ मा प्रकाशित
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार