युवा जनशक्तिको विदेश पलायनलाई रोक्न कृषि क्षेत्र उत्तम विकल्प ः मन्त्री महर्जन

काठमाडौं २४ मसिंर । बागमती प्रदेशका श्रम, रोजगार तथा यातायात मन्त्री प्रेमभक्त महर्जनले युवा जनशक्तिको पलायन रोक्नुपर्ने ठूलो चुनौति रहेकोले कृषि क्षेत्र युवाका लागि उत्तम विकल्प भएको बताउनुभएको छ  । जापानको कृषि, वन तथा मत्स्यपालन मन्त्रालयको एक आधिकारिक नेशनल चेम्बर अफ एग्रिकल्चर (जापान) द्वारा आयोजित एकदिने रोजगार परामर्श समिनारलाई सम्बोधन गर्दै मन्त्री महर्जनले कृषि क्षेत्रमा ठूलो आयात भइरहेकोले युवालाई कृषि उत्पादनमा जोड्न सिप दक्षतालाई अभिवृद्धि गर्नुपर्ने बताउनुभएको हो । युवाको विदेश पलायनलाई रोक्दै स्वदेशमै श्रम, रोजगार, उद्यमी र व्यवसायी बनाउनुपर्ने उहाँको भनाई थियो । उहाँले देशको आवश्यकता अनुसारको दक्ष जनशक्ति तयार गर्नुपर्ने धारणा व्यक्त गर्नुभयो । सेमिनारले तय गरेको श्रम, रोजगार र कृषिमा नीतिगत सुझावका आधारमा रोजगारीको व्यवस्थापन, सीप विकासका साथै कृषि क्षेत्रमा युवाको हित प्रवद्र्धन गर्न अगाडि बढ्ने सरकारको प्रतिबद्धता रहेको मन्त्री महर्जनको भनाई थियो । नेपाल भौगोलिकरूपले विशिष्ट तथा प्राकृतिक स्रोतरसाधन सम्पन्न मुलुक भएकोले कृषि विकासका लागि अथाह संभावना र पहिचान बोकेको हाम्रो देश कृषि प्रधान देश भएकोले नेपाललाई कृषि विकासले आत्मनिर्भरताको बाटो तिर अघि बढाउन सकिने डा. अनोज शाक्यले बताउनुभयो ।  

डा. शाक्यले नेपालबाट उचित रूपमा शिक्षित जनशक्ति जापानमा पठाउन आवश्यक छ र नेपालको कृषि क्षेत्रको भविष्यलाई अगाडि बढाउन यी जनशक्तिले ठुलो भूमिका खेल्ने भएकोले नेपाली युवा अस्थायी कामदारका रूपमा मात्र नभई जापान र नेपालबीचको दक्ष जनशक्ति पठाउनले दुई देशबीचको पुलको काम गर्न सकिने उहाँको भनाई छ । ।


प्रतिक्रिया