चलचित्र ‘लाज शरणमलाई दर्शकको साथ

काठमाडौं १६ फागुन । बुधबारबाट प्रदर्शनमा आएको चलचित्र ‘लाज शरणमलाई दर्शकको राम्रो साथ मिलेको छ । दर्शकले चलचित्रको तारिफ गरिरहेका छन् । चलचित्रले समसामयिक कथामा व्यङ्ग्य मिसाएको मन परेको दर्शकले प्रतिक्रिया दिइरहेका छन् । हलमा पुगेका दर्शकले सिताराम कट्टेल धुर्मुसको क्यारेक्टरको तारिफ गरिरहेका छन् । चलचित्रमा सुन्दर कर्णालीको दृश्य पनि दर्शकले मन पराएका बताएका छन् । दर्शकले मन पराउँदा सिनेमाले पहिलो दिन एक करोड १० लाख ग्रसकलेक्सन गरेको बताइएको छ । लोकप्रिय हास्य टेलिश्रृंखला ‘सक्किगोनि’को टिमले निर्माण गरेको चलचित्र ‘लाज शरणममा मुख्य भूमिकामा सिताराम कट्टेल धुर्मुस, विजय बराल, अर्जुन घिमिरे, सागर लम्साल, हरिष निरौला छन् । चलचित्रमा प्रियाना आचार्य, महेश त्रिपाठी, अर्पण थापा, रेणु योगी, विजय लामा, मुकुन्द श्रेष्ठ, माला लिम्बूलगायत कलाकारको अभिनय रहेको छ ।

प्रतिक्रिया