भलिवल प्रतियोगितामा पुरुषतर्फ गल्कोट र महिलातर्फ धादिङ विजयी

पोखरा १६ अशोज । भलिवल प्रतियोगितामा पुरुषथर्फ गल्कोट स्पोर्टस क्लव, वाग्लुङ र महिलातर्फ धादिङ स्पोर्टस क्लव, धादिङ विजयी बनेका छन् । आठौं क्लव स्तरिय पुरुष तथा महिला भलिवल प्रतियोगितामा उनिहरुले जित हासिल गरेका हुन् । पोखरा भलिवल प्रशिक्षण केन्द्र र ए फोर जेड ग्राफिक डिजाइन एण्ड प्ििरन्टङ प्रेसको समयुक्त आयोजनामा पोखराको नदिपुर छन्त्यालमा उक्त प्रतियोगिता भएको थियो । पुरुषतर्फ एपिएफ पोखरालाई ३ \० को सोझो सेटमा पराजित गर्दै गल्कोटले उपाधि जित्न सफल भएको हो । गल्कोटले एपिएफलाई २५ \१९ , २५\२० र २५\२२ ले पराजित गर्यो । गल्कोटले उपाधिसगैं एक लाख तिस हजार नगदसहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्यो । विधागततर्फ उत्किृष्ट सेटर सुजन चोखाल, डिफेन्डर विक्रम भुजेल, स्पाइकर सुरेन्द्र केसी, ब्लकर इन्दु विक, उदयमान सरोज वर्देवा, प्रशिक्षक सुरेन्द्र विक सर्वोत्कृष्ट खेलाडी बन्न सफल भए । महिलतर्फ नदिपुर पोखरालाई ३\१ ल् पराजित गर्दै धादिङ स्पोर्टसले उपाधि हात पारेको थियो । पहिलो सेट २५\१८ ले आफ्नो पक्षमा पारेको धादिङले दोस्रो २६\१८ नदिपुरलाई सुम्पिएको थियो । तेस्रो सेट २५\२० र चौथो सेट २५ \२१ ले पुनरागमन गर्दै धादिङले उपाधि हात पार्यो । उपाधिसगैं धादिङले नगद पचास हजार प्राप्त गर्यो । फाइनलमा पराजित भएको नदिपुरले ३५ हजार पाएको थियो । 

प्रतिक्रिया