महालक्ष्मी विकास बैंकद्धारा अटिजम सिकाई केन्द«लाई सहयोग

काठमाडौं २४ पौष । महालक्ष्मी विकास बैंकको दमक शाखाद्धारा सरस्वती माध्यमिक विद्यालय, दमक–०९, इटाभट्टा, झापाले सञ्चालन गरेको अटिजम सिकाई केन्द«लाई अटिजम भएका विधार्थीहरुको शैक्षिक क्रियाकलापहरुलाई थप प्रभावकारी रुपमा सञ्चालन गर्न एक थान कम्प्युटर र एक थान प्रिन्टर सहयोग प्रदान गरेको छ । आज विद्यालयमा आयोजित एक कार्यत्रममा विद्यालयको प्रधानध्यापक लाई उक्त सामाग्रीहरु हस्तान्तरण गरेको हो । हाल विद्यालयमा अध्ययनरत २४ जना अटिजम भएका विधार्थीहरु यस कार्यबाट प्रत्यक्ष रुपमा लाभान्वित हुनेछन् । बैंकले गर्दै आएका यस्ता संस्थागत सामाजिक उत्तरदायित्व कार्यहरुबाट समग्र शैक्षिक तथा सामाजिक विकासमा टेवा पुग्ने विश्वास बैंकले लिएको छ । 

प्रतिक्रिया