काठमाडौं २३ चैत । गरिमा विकास बैंक लिमिटेडको डेबिट÷क्रेडिट कार्ड प्रयोग गरी दराजबाट सामान खरिद गर्दा १५% छुट मिल्ने भएको छ । गरिमा विकास बैंक लिमिटेड र दराज ९म्बचबश० बीच सम्झौता भए पश्चात यो छुट मिल्ने भएको हो । नयाँ वर्ष २०८२ लाई मध्यनजर गरी विकास बैंकले यो छुट योजना सार्वजनिक गरेको हो । यस छुट योजना अन्तर्गत विकास बैंकका क्रेडिट कार्डहोल्डर ग्राहकहरुले दराजको बेवसाईट वा मोबाईल एपमार्फत कुनै पनि सामान खरिद गर्दा १५% वा अधिकतम रु.७५० सम्म र डेविट कार्ड होल्डर ग्राहकहरुले १०% वा अधिकतम रु.५०० सम्म छुट प्राप्त गर्नेछन् । छुट योजना २०८१ चैत्र २२ गतेदेखि सुरु भई २०८१ चैत्र ३१ गतेसम्म लागू हुनेछ । गरिमा विकास बैंकका कार्डहोल्डर ग्राहकहरुले यस योजना सुरु भएपश्चात दराजको बेवसाईट वा मोबाईल एपमा उपलब्ध हुने यस विकास बैंकको नाँउको भौचर संकलन गरी छुट प्राप्त गर्न सक्ने ब्यवस्था रहेको बैंकको प्रेस विज्ञप्तिमा उल्लेख छ ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार