नागरिक लगानी कोष र आईएमईबीच सेयर प्रत्याभूति सम्झौता

काठमाडौं २ पौष । नागरिक लगानी कोष र आईएमई लिमिटेडबीच सेयर प्रत्याभूति गर्ने सम्झौता भएको छ । सम्झौतामा नागरिक लगानी कोषका कार्यकारी निर्देशक पर्वत कुमार कार्की र आईएमईका प्रमुख कार्यकारी अधिकृत दिवाकर पौडेलले हस्ताक्षर गर्नुभएको हो । आईएमईले प्रति सेयर एक सय रुपयाँका दरले १२ लाख ५० हजार ६ सय ६७ कित्ता बापतको १२ करोड ५० लाख ६६ हजार ७ सय रुपयाँ बराबरको सेयर निष्कासन गर्ने नागरिक कोषले जानकारी दिएको छ । सम्झौताको अवधि हस्ताक्षर भएको मितिले ६ महिनासम्म रहने कोषको विज्ञप्तिमा उल्लेख छ । 

प्रतिक्रिया