काठमाडौं २२ अशोज । नेपालले थाली नृत्यको माध्यामबाट बिश्व किर्तिमान राख्न सफल भएको छ । ६ सय जना नेपाली सेनाका जवानहरुले सामुहिक थाली नृत्य प्रदशन गरी उक्त किर्तिमान राख्न सफल भएका हुन् । राष्ट्रिय नृत्य संघ नेपालका अध्यक्ष महेश गोदारले निर्देशन गर्नुभएको थाली नृत्यले WORLD BOOK OF RECORDS LONDON मा नाम लेखाउन सफल भएको हो । टुडीँखेलमा भएको उक्त कार्यक्रम शिवरात्रीमा भएको थियो । उहाँले दुई महिना लगाएर सैनिक जवानहरुलाई नाच्न सिकाउनुभएको थियो । निर्देशक गोदारले ३० बर्षदेखि थाली नाँच नाँच्दै नचाउदै आउनुभएको छ । युके प्रतिनिधिहरुबाट प्राप्त प्रमाणपत्र प्रधान सेनापतिले निर्देशक गोदारलाई हस्तान्तरण गर्नुभयो । सम्मानपत्र ग्रहण गर्दै निर्देशक गोदारले निरन्तर रूपमा गरिएको थाली नाँचबाट नेपालले सफलता प्राप्त गर्दा खुशी व्यक्त गर्नुभएको छ । उहाँले भन्नुभयो," लामो समयदेखि थाली नाँच सिकाउदै आएको थिएँ । अहिले बिश्व रेकर्ड राख्न सफल हुँदा धेरै खुशी लागेको छ ।"
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार