काठमाडौं ५ कार्तिक । महालक्ष्मी विकास बैंकले आफ्नो कार्यलय भवनको भूमि पूजा गरेको छ । काठमाण्डौं जिल्ला का.म.न.पा वडा न. ३०, ज्ञानेश्वरमा आफ्नो कार्यालय भवन निर्माणको लागि भूमि पूजा कार्यक्रम गरेको हो । उक्त कार्यक्रममा बैंकका संचालक समितिका अध्यक्ष श्री राजेश उपाध्यायबाट भूमि पूजन गरिएको उक्त कार्यक्रममा बैंक संचालक समितिका सदस्यहरु, प्रमुख कार्यकारी अधिकृत लगायतका उच्च व्यवस्थापन समितिका पदाधिकारीहरु र बैंक कर्मचारीहरुको उपस्थिति रहेको थियो । बैंकले सो भवन आगामी ९ महिना भित्र निर्माण सम्पन गर्ने लक्ष्य लिइएको छ । उक्त भवनमा अत्याधुनिक प्रविधिमैत्री शाखा रहने तथा साथै कार्यप्रवाहलाई डिजिटल प्रविधिको अधिकत्तम उपयोग गरी थप प्रभावकारी बनाई सेवाग्राहीलाई आधुनिक, सहज र सरल सेवा प्रदान गरिनेसमेत बैंक्ले जानकारी गराएको छ । नेपाली बैंकिङ क्षेत्र डिजिटल युगतर्फ अग्रसर भइइरहेको सन्दर्भमा उक्त कार्यालय डिजिटल हबका रूपमा संचालन गर्ने बैंकको प्रेस विज्ञप्तिमा उल्लेख छ । बैंकले ग्राहकहरुलाई अत्याधुनिक, सुरक्षित तथा सहज डिजिटल बैंकिङ्ग सुविधा उपलब्ध गराउने बैंकको नीति बमोजिम मोबाइल एप्लिकेसनलाई परिष्कृृत गर्दै “महालक्ष्मी स्मार्ट साथी” सञ्चालनमा ल्याएको छ ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार