काठमाडौं ३० भदौ । सम्माननीय राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रपति भवन शीतल निवासमा सुरेन्द्र राई र सुसन तामाङलाई गिनिज वर्ल्ड रेकर्ड्सको प्रमाणपत्र प्रदान गरेका छर्नुभएको छ । सुरेन्द्र र सुसनले विश्वमै पहिलोपटक उच्चतम स्थानमा डान्स कोरियोग्राफी गर्दै ’गिनिज बुक अफ वर्ल्ड रेकर्ड्स’ मा आफ्नो नाम दर्ज गर्नुभएको हो ।
सोलुखुम्बुस्थित काला पत्थरमा ५,४४१ मिटर (१७,८५१ फिट) उचाइमा १९ मे २०२४ (नेपाली मिति जेठ ६) मा यस कीर्तिमान प्रयासलाई सफलतापूर्वक सम्पन्न गर्नुभएको थियो । उहाँहरूले प्रस्तुत गरेको नृत्य ’मन मगन’ बोलको गीतमा साढे दुई मिनेट लामो थियो । यो रेकर्ड नेपाललाई विश्वमा चिनाउने र पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले गरिएको हो ।
यो कीर्तिमानी प्रयास हिमाली क्षेत्रको संरक्षण, जैविक विविधता, र नेपालको पर्यटनको प्रवर्द्धनका लागि गरेको सुरेन्द्र र सुसनको भनाई छ । सुरेन्द्र र सुसनलाई विभिन्न कलाकार र फोटोग्राफी तथा भिडियोग्राफीको टिमले सहयोग गरेका थिए । फोटोग्राफीमा सौगात कार्की र भिडियोग्राफीमा सोनम केसी र उमेश सापकोटाले समेत सहयोग गरेका थिए ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार